देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३,५६४ पुग्यो

देशान्तर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३१६ जनामा संक्रमण देखिएको हो। आज थपिएका ३१६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३१९४ पुगेको छ। कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ।