देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विरामी प्रधानमन्त्रीबाट देश र पार्टी अब चल्दैन : झाक्री

देशान्तर

सत्तारुढ दल नेकपाकी नेतृ रामकुमारी झाक्रिले अहिलेको अवस्थाबाट पार्टी र सरकार अघि बढ्न नसक्ने जिकिर गरेकी छन् ।

रेडियो देशान्तरको कार्यक्रम देशान्तर संवादमा आज विहान कुरा गर्दै प्रधानमन्त्रीले आफ्ना गल्तिहरु ढाकछोप गर्नका लागि भारतले सरकार ढाल्न लागेको बयानबाजी गरेको बताइन् ।

प्रधानमन्त्री ओलीको कार्यशैलीबाट जनता र नेताहरु आजित भएकाले उनको विकल्प खोज्नु पर्ने बेला भने आइसकेको बताइन् । यसैगरी प्रधानमन्त्री ओली सफल नहुनुमा सचिवालयको सिमित घेरामा रमाउने प्रबृतिले पनि काम गरेको बताइन् ।

आफू पनि पार्टीको केन्द्रीय सदस्य र सांसद भएको नाताले प्रधानमन्त्रीसँग भेट्ने र कुराहरु राख्न नपाएको गुनासो गर्दै प्रधानमन्त्री एक्लै स्वच्छाचारी ढंगले अघि बढेको उल्लेख गरिन् । यस्तै विरामी प्रधानमन्त्रीबाट देश र पार्टी नचल्ने झाक्रीको भनाई छ ।