देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा स्थायी समितिको बैठक आज पनि बस्दै

देशान्तर

नेकपा स्थायी कमिटीको बैठक आज पनि वस्दैछ । प्रधानमन्त्री निवास वालुवाटारमा ११ बजे देखि वैठक वस्न लागेको हो ।

हिजो वसेको स्थायी कमिटीको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुपर्ने माग औपचारिक रुपमा प्रवेश भएको थियो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भारत आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको भन्ने अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री ओलीलाई नेताहरुले त्यस विषयमा स्पष्टिकरण मागेका थिए ।
प्रधानमन्त्री ओलीले स्थायी समितिमा भएका कुराहरु भारतीय मिडियामा जस्ताको तस्तै आएको सुनाउँदै भारत आफूलाई हटाउन लागेको दोहोर्‍याएका थिए ।

बैठक मूलतः प्रधानमन्त्रीको अभिव्यक्ति र प्रधानमन्त्रीबाट पार्टीका नेताले मागेको स्पष्टीकरणमा केन्द्रीत रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।