देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस सांसद छन्त्यालको उपचारका क्रममा निधन

देशान्तर

नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उपचारका क्रममा उनको शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा  आज विहान निधन भएको हो ।

आइतबार मुटुको भल्व ब्लक भएपछि शल्यक्रिया गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआई उनको निधन भएको जनाइएको छ । विरामी भएकै कारण उनी संविधान संशोधन प्रस्तावमा मतदान गर्न पनि उपस्थित भएकी थिइनन् ।

अल्पसंख्यक समुदाय (छन्त्याल)बाट नेपाली काँग्रेसका तर्फबाट समानुपातिक कोटामा सांसद हुन् । उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

सांसद छन्त्यालको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला लगाएतले दुःख व्यक्त गरेका छन् । छन्त्याकाे निधन भएपछि आजका लागि तय भएकाे संसदीय दलकाे बैठक र केन्द्रीय समितिकाे बैठक पनि स्थगित भएकाे छ ।