देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमितको उपचार गर्ने अस्पतालले सरकारबाट अनुदान पाउने

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित व्यक्तिको उपचारवापत प्रतिव्यक्ति दैनिक दुई सयदेखि १५ हजार रुपैयाँसम्म अनुदान रकम सम्वन्धित संस्थालाई उपलब्ध गराउने तयारी थालेको छ । जोखिम मोलेर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा अस्पताललाई प्रोत्साहित गर्न मन्त्रालयले यस्तो तयारी थालेको हो ।

सामान्य र लक्षण नदेखिएका तर आइसोलेसन सेन्टरमा रहेका संक्रमितहरुको उपचारमा दुई हजार र मध्यम अवस्थामा रहेका संक्रमितको उपचारका लागि प्रतिबिरामी दैनिक सात हजार रुपैयाँ अनुदान रकम सम्वन्धित अस्पताललाई उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा गरेको प्रस्ताव अनुसार गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि सम्वन्धित संस्थालाई प्रतिव्यक्ति दैनिक १५ हजार रुपैंयाँ उपलब्ध गराइने छ । सामान्य र लक्षण नदेखिएका होम क्वारेन्टाइनमा बस्दै आएकाहरुको उपचारमा दुई सय रुपैयाँ उपलब्ध गराउने तयारी छ ।

सो रकम खर्चको आधारमा सम्वन्धित संस्थालाई उपलब्ध दिने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ