वीरगञ्ज । मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) खारेजीको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियान पर्साले वीरगञ्जको घण्टाघर चोकमा विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा सहभागी युवाहरुले एमसीसी राष्ट्रघाती रहेको भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले ‘विकासको नाममा देश बेच्न पाइँदैन’,लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । एमसीसीविरुद्धको ¥याली माईस्थानबाट घण्टाघरसम्म पुगेको थियो । सरकार एमसीसी सम्झौता जसरी पनि पास गर्न लागिपरेको भन्दै त्यसको चौतर्फी विरोध हुँदै आएको छ ।





प्रतिक्रिया