देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १०१ वटा नमूना परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालले बुधबार बिहान सार्वजनिक गरेको विवरण अनुसार चितवनका १३, नवलपुरका १० तथा झापा र गोरखाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनको भरतपुर महानगरपालिकामा मात्रै १० जना संक्रमित फेला परेका छन् । उनीहरु वडा नं। ४, ७, ९, ११, २२, २५ र २६ नम्बर वडाका हुन् । वडा नं। ७ का ६१ वर्षीय पुरुष संक्रमित नारायणी सामुदायिक अस्पतालमा उपचाररत छन् ।

कोरोना संक्रमण पुष्टि भएका चितवनको माडी नगरपालिका वडा नं। ५ का २५ वर्षीय पुरुष र वडा नं। ३ का ७३ वर्षीय पुरुष भरतपुर अस्पतालमा उपचाररत छन् ।

चितवनकै राप्ती नगरपालिका १ की १२ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । यसैगरी पूर्वी नवलपरासी नवलपुर को गैंडाकोट नगरपालिका २ महिला र ८ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी सेन्ट्रल अस्पतालमा उपचाररत गोर्खा मनकामनाकी ३० वर्षीया महिला र झापाको दमक नगरपालिका वडा नं ३ की ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।