देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव गरी स्थगित

देशान्तर

काठमाडौं । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव गरी स्थगित गरिएको छ ।

नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभाकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै संघीय संसदका दुबै सदनको बैठक स्थगित गरिएको हो । ६३ वर्षीया सांसद छन्त्यालको बुधबार विहान बाँसवारीस्थित शहीद गंगलाल हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक असार १८ गते बिहिबार दिउँसो १ बजे र प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।