देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हिमालय एरलाइन्सका एक जना पाइलटमा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं, हिमालय एयरलाइन्सका एक जना पाइलटमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोनाको संक्रमण पुष्टि भएको हिमायल एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

सानो गौचरनस्थित अपार्टमेन्टमा बस्दै आएका ती मेक्सिकन पाइलट हिमालय एयरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन हुन्। उनका अनुसार संक्रमित पाइलट बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ।

मेक्सिकन पाइलटमा कोरोना भेटिएपछि हिमालय एयरलाइन्सले अरु पाइलट र क्याबिन क्रूलाई सर्तकता उपनाउन भनेको छ। हिमालय एयरलायन्समा १८ विदेशीसहित ४३ जना पाइलट र ७० भन्दा बढी एयरहोस्टेस कार्यरत छन्। बन्दाबन्दी यतामात्रै हिमालय एयरलाइन्सले ४० भन्दा बढी उद्धार उडान गरिसकेको छ ।