देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दैलेखका ऊर्जा विकास कार्यालय प्रमुखसहित ४ जना घुससहित पक्राउ

देशान्तर

काठमाडौ– खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल र सबइन्जिनियर वीरेन्द्र चन्द दुई लाख ४१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

दैलेखको भगवतीमाई गाउँपालिका ३ सानटडा खोला तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख ४१ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

घुस लिँदै गरेको अवस्थामा इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल र सबइन्जिनियर वीरेन्द्र चन्दको बयानको आधारमा सबइञ्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई पनि पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले जनाएको छ ।