काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान सरकारले जनताको चाहनाअनुरुप काम गर्न नसकेको भन्दै विकल्प दिनुपर्ने माग गरेका छन् । आज आयोजित साक्षात्कारमा नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै ठीक नभएको आरोप लगाउँदै मार्गप्रशस्त गर्नुपर्ने बताए ।
उनले वर्तमान सरकारले जनताको जनजीवन उकास्ने गरी कुनै पनि काम गर्न नसकेको आरोप पनि लगाए । जनता समाजवादी पार्टी नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार समग्र क्षेत्रमा असफल भएको उल्लेख गर्दै सरकारप्रति जनताको कुनै आशा र भरोसा नभएको विचार राखे ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कर्णबहादुर थापाले प्रधानमन्त्रीको राजीनामा माग्नु राष्ट्र, पार्टी, नेपाली जनताका निम्ति सान्दर्भिक नहुने बताए । उनले भने, “अहिले हामीले अवलम्बन गर्दै आएको लोकतान्त्रिक गणतन्त्र छ, त्यसलाई व्यवस्थित गर्ने हाम्रो संवैधानिक व्यवस्था छ, यो कुनैपनि चिजसँग अहिलेको राजीनामा सान्दर्भिक छैन ।”





प्रतिक्रिया