देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

करेन्ट लागेर दिलबहादुरको मृत्यु

देशान्तर

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिहान आफ्नै घरको पानी धारामा मोटर जोडेर नुहाउने क्रममा करेन्ट लागेर २७ वर्षिय दिलबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरी नायब उपरिक्षक प्रतीक विष्टले बताए ।