देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल चिकित्स संघलाई मास्क र सेनिटाइजर सहयोग

देशान्तर

काठमाडौं । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाईनमा खटिने स्वास्थ्य कर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले मास्क, सेनिटाइज र फेस सिल्ड प्रदान गरिएको छ ।

नेपाल चिकित्सक संघलाई पुल्चोक क्याम्पस अल्मुनाई तथा दावाली मिलिन क्लबको समन्व्यमा हस्तान्तरण गरिएको हो । पुल्चोक अल्मुनाई तथा क्लबका तर्फबाट रोशन श्रेष्ठले चिकित्सक संघका अध्यक्ष लोचन कार्कीलाई हस्तान्तरण गरेका थिए । सो अबसरमा केएन ९५ मास्क १ हजार थापन, सर्जिकल मास्क ५ हजार थान, सेनिटाइजर १० लिटर तथा फेस सिल्ड ३० थान हस्तान्तरण गरिएको थियो ।

बाग्मति प्रदेश र गण्डकी प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उपलव्ध गराउने गरि चिकित्सक संघलाई हस्तान्तरण गरिएको छ । चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले यस्तो सहयोगले स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताए ।
यसैगरी पूर्व डीआईजी रमेश खरेलले आगामी दिनमा पनि सहयोग गर्ने बताएका थिए ।