काठमाडौं । अर्घाखाँचीमा ८९ जना कोरोना संक्रमितले स्वास्थ्य लाभ लिएका छन् । आइसोलेशनमा बसेका उनीहरुको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र माविको आइसोलेशमा रहेका ५१ जना, शितगंगा नगरपालिकामा रहेको ज्योति माविको आइसोलेसनमा रहेका ३८ जना गरी ८९ जना कोरोनामुक्त भएका हुन् ।
उनीहरुलाई दुई हप्ता होम क्वरेन्टाइनमा बस्न भनिएको छ । अर्घाखाँचीमा तीन सय १२ जना कोरोना सङ्क्रमित छन् । तीमध्ये दुई जनाको ज्यान गएको छ ।





प्रतिक्रिया