देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

देशान्तर

काठमाडौ । मन्त्रीपरिषद् बैठकले संसदको वर्षे अधिवेशन आज साँझदेखि अन्त्य गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो। मन्त्रीपरिषद्को सिफारिस अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको सूचना जारी गर्ने एक मन्त्रीले जानकारी दिए।

मन्त्रीपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रीपरिषद् बैठक राखी सो निर्णय गरेका हुन्।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपाको स्थायी समितिको बैठक बसिरहेको छ।