देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४,५१९ पुग्यो

देशान्तर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४७३ जनामा संक्रमण देखिएको हो। आज थपिएका ४७३ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ६६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ५३२० पुगेको छ। कुल संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।