देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुल्मीमा पहिरो २ जना बेपत्ता

देशान्तर

गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँटमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनालाई भने उद्धार गरिएको छ ।

एक जना महिला र एक जना पुरुषलाई स्थानीयवासीले उद्धार गरेको इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टले बताए ।

उनले अरु दुई जना भने बेपत्ता रहेको पनि जानकारी दिए ।

गएरातिदेखि परेको पानी कारण पहिरो जाँदा सो स्थानमा १५–२० घर जोखिममा समेत परेका छन् । उद्धारका लागि सदरमुकाम तम्घासबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई बोलाइएको छ ।

पहिरोले इश्मा गाउँपालिकाको वडा नं. ४ को रातापानी र न्वाल भन्ने स्थानमा १४ घर परिवार विस्थापित भएका छन् । यसैगरी छोरेडाँडाका पाँच घर परिवार बिस्थापित भएका छन् ।

ढाँडको कालिका निमाविको भवन पनि पहिरोले भत्काएको छ ।