देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनुषामा दुई गाउँका बासिन्दाबीच झडप, प्रहरीद्वारा ६ राउण्ड अश्रु ग्यास प्रहार

देशान्तर

काठमाडौ । धनुषाको विदेह नगरपालिकाका बर्थिङ सेन्टर निर्माणको विषयमा दुई वडाका बासिन्दाबीच भएको विवादले झडपको रुप लिएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको छ ।

वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु भएको छ । तर वडा नम्बर ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर निर्माण हुनुपर्ने माग राख्दै आइरहेका छन् । वडा नम्बर २ का बासिन्दाले भने त्यसको विरोध जनाउँदै आइरहेका छन् । बर्थिङ सेन्टर निर्माणको विषयमा यी दुई वडाबीच बिहीबारदेखि नै झडप हुँदै आइरहेको छ । शुक्रबार बिहान पनि बर्थिङ सेन्टर निर्माणको विषयमा भएको विवादले उग्र रुप लिएपछि भिडलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

कार्कीले भने बिहीबार पनि दुवै पक्षलाई सम्झाई बुझाई गरेर फर्केका थियौं । तर भवन निर्माणको विषयमा शुक्रबार पनि दुवै पक्षले आ _ आफ्नो अडान राखेर विवाद गर्न थाले । दुवै पक्षबीच भएको विवादले उग्ररुप लिएपछि अश्रु ग्यास र हवाई फायर गरेर भिडमा नियन्त्रणमा लिन बाध्य भएका हौं ।
कार्कीका अनुसार विवाद गर्ने समूहले दुहबी सीमा प्रहरी चौकीमा समेत ढुँगामुढा गर्न थालेपछि ६ राउण्ड अश्रु ग्यास र ३ राउण्ड हवाई फायर गर्नु परेको हो ।