देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलालीमा ३७ घर डुबानमा

देशान्तर

कैलाली । वर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलाली जिल्लाको दक्षिणी क्षेत्रमा ३७ घर डुवानमा परेको छ ।

जिल्लाको जोशीपुर गाउँपालिकामा २० घर, बर्दगोरिया गाउँपालिकामा १६ घर घोडाघोडी नगरपालिकामा १ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार डुबानमा परेकामध्ये केही घरमा क्षतिसमेत पुगेको छ ।

जोशीपुर गाउँपालिका– ३ का हिरालाल चौधरीको घर पानी पसेर भत्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । उनको परिवारलाई उद्धार गरेर अन्यत्रै राखिएको छ उनले भने ।

बर्दगोरिया गाउँपालिकामा बास्कोटी खोलामा बाढी आएपछि १६ घर डुबानमा पर्नुको साथै केही चौपाया बगाएको समेत डीएसपी विष्टले जानकारी दिए । नदीले स्थानीयको एउटा माछा पोखरीसमेत बगाएको छ ।