देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शुदुरपश्चिममा ३९ जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढीमा आज भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको हो ।

कैलालीको गोदावरी नगरपालिकाका १० जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीन जना, मंगलसेन अछामका दुई जना चुरे गाउँपालिका कैलालीका दुई जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै, बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र कैलालीको टीकापुरका एक एक जनामा कोरोना पुष्टि भएको छ ।