देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कैलालीमा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षीया एक महिलाको मृत्यु

देशान्तर

कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० मा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ। हिजो राति स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले जनाकारी दिए ।

जेठ २६ गते भारतबाट फर्केकी ४८ वर्षीया ती महिला वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टिनमा बस्दै आएकी थिइन्। उनको कोरोना परीक्षणका लगि स्वाब नमूना संकलन गरी धनगढी पठाइएको छ। रिपोर्ट आएपछि शव व्यवस्थापन गरिने शाहीले बताए।