देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिलाई प्रचण्डले भने महाअभियोग अफवाह मात्रै हो, भ्रममा नपर्नुस्

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने कुरा केवल अफवाह मात्रै भएको बताएका छन्। बिहान शीतल निवासमा पुगेर अध्यक्ष दाहालले केही दिनयता आएका महाअभियोगसम्बन्धी हल्ला केबल भ्रम मात्रै भएको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि महाभियोग लगाउने गरी पार्टीभित्रको एउटा समूहले तयारी गरिरहेको बताएपछि अध्यक्ष दाहाल अन्य दुई नेतासहित शीतल निवास पुगेका हुन्। दाहालले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि साथ लिएर राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका थिए। भेटका क्रममा उनले राष्ट्रपतिलाई अहिले बाहिर आएका महाअभियोगसम्बन्धी कुनै पनि कुरामा सत्यता नभएको बताएका थिए।  अध्यक्ष दाहालले राष्ट्रपतिसँगको भेटका क्रममा अहिले चलिरहेको विवाद पार्टीको विशुद्ध आन्तरिक मामिला भएको दोहोर्‍याए।