देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली–प्रचण्ड वार्ता सकारात्मक, भोलि फेरि छलफल हुने

देशान्तर

काठमाडौं नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएको छ। पार्टीभित्र तिव्र विवाद आएपछि अध्यक्षद्धय छलफलमा जुटेका हुन्।

विषयवस्तुमा केन्द्रीत भएर छलफल भएको र वार्ता सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिए। अर्को बैठक भोलि फेरि बस्ने गरी टुंगिएको छ। पार्टीभित्रको विवादलाई लिएर आइतबार पनि ओली दाहालबीच वार्ता भएको थियो। आइतबारको वार्तामा ओली पक्षबाट महासचिव बिष्णु पौडेल र शंकर पोखरेल र अध्यक्ष दाहाल तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए। अब दुई अध्यक्षबीच एक्ला एक्लै भेटगर्ने सहमति पनि भएको छ।

प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल बीचको शक्ति संघर्षका कारण नेकपाभित्र बिवाद चुलिएको छ। विवादका क्रममा अध्यक्ष दाहाल नेपाल समूह एक भएका छन्। उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग परिरहेको छ। तर, प्रधानमन्त्री दुवै पदबाट पछि नहट्ने पक्षमा छन्।

पार्टीभित्रको विवादलाई लिएर अध्यक्षद्वयले सहमतिको प्रयासमा जुटिरहेका छन्। अध्यक्ष दाहाल २०७५ जेठ २ गते सहमतिमा अघि बढ्न चाहन्छन्। तर, प्रधानमन्त्री ओली २०७६ मंसिरमा भएको सहमति अनुसार अघि बढ्ने पक्षमा छन्। पार्टीभित्रको विवादको कारणले असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठक बस्न सकिरहेको छैन। यसअघि पनि पटक पटक स्थगित भएको बैठक फेरि २४ गते बस्ने गरी स्थगित भएको छ।