देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांगेस सभापति देउवा र जनता समावादीका शीर्ष नेताबीच भेटवार्ता

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टीका शीर्ष नेताहरू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सत्तारूढ दल नेकपा फुटको संघारमा पुगिरहँदा जसपाका शीर्ष नेता र देउवाबीच उनकै निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो ।

गलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए। करिब एक घण्टा भएको भेटवार्ताको विषय खुलाइएको छैन ।

यद्यपि जसपाका एक नेताले भने समसामयिक राजनीतिक घटनाक्रम, नागरिकता विधेयकलगायतका विषयमा छलफल भएको हुनसक्ने जानकारी दिए ।