देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप २०४ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो

देशान्तर

काठमाडौं । नेपालमा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार १ सय ६८ पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ७ हजार ४ सय ९९ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर ६६८ जना घर फर्किएका छन्।