देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्डका घरबेटीलाई दुई अर्बको मल ठेक्का

देशान्तर

समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्स्ट्रक्सनका संचालक शारदाप्रसाद अधिकारीको कम्पनीले दुई अर्ब रुपैंंयाँभन्दा बढीको रासायनिक मल किन्न सरकारी ठेक्का पाएको छ ।

अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन । अधिकारीले राजनीतिक पहुँच प्रयोग गरेर ठूला सरकारी कारोबारमा कब्जा जमाउँदै आएको आरोप लाग्ने गरेको छ ।

समयमा खरिद नगरेर किसानले मल प्राप्त गर्न नसकिरहेको अवस्थामा राजनीतिक पहुँचवाला अधिकारीले ठेक्का पाएपछि बजारमा थप अभाव हुने भन्दै किसान चिन्तित छन् ।

शैलुक कन्स्ट्रसनको भगिनी संस्था शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लिमीटेडबीच केही समय अघि साँढे पाँच लाख क्विन्टल(५५ हजार टन) रासायनिक मल खरिद सम्झौदा भएको छ ।

शैलुङमार्फत करिब दुई अर्ब १४ करोड रुपैंयाँको युरिया मल खरिद गर्ने सम्झौता भएको कृषि सामाग्री कम्पनीले जनाएको छ । नागरिक दैनिकमा खबर छ।