देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गरिबको नाममा कसले गर्‍याे मोज ?

देशान्तर

गरिबीले पिल्सिएका नेपालीको आर्थिक उत्थानका लागि विश्व बैंकलगायतका दाताले दिएको रकमको चरम दुरुपयोग भएको छ ।

गरिबी निवारण कोषमार्फत ०६१ देखि ०७५ सम्ममा खर्च भएको २९ अर्बमध्ये १० अर्ब रुपैयाँ प्रशासनिक काममा खर्च भएको छ भने समुदायमा लगानी भएको १९ अर्बको जवाफदेही कोही पनि छैन ।

१४ वर्षसम्म वार्षिक औसत दुई अर्बका हिसाबले खर्च गरेको कोषले आय आर्जनतर्फ ३२ हजार एक सय ९६ सामुदायिक संस्थासँग सम्झौता गरेर घुम्ती कोषबाट १९ अर्ब लगानी गरेको छ । योमध्ये १५ अर्ब कोषद्वारा प्रदान गरिएको हो भने चार अर्ब सामुदायिक संस्थाद्वारा सिर्जना गरिएको हो ।

‘तर, विपन्नको नाममा आएको अनुदान अपारदर्शी रूपमा छलछाम खर्च गरिएको छ, सुरु नभएको परियोजना सम्पन्न भएको भनेर रकम भुक्तान गरिएको छ, पहिलो किस्ता लगेकाले दोस्रो किस्ता रकम लिन आएका छैनन्, उनीहरू सम्पर्कमा छैनन्, त्यसैले कोषको रकम जोखिममा छ,’ राष्ट्रिय सतर्कता केन्द्रको छानबिन समितिको ठहर छ । नयाँ पत्रिकामा खबर छ