देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख सापकोटाको आँखाको सफल शल्यक्रिया

देशान्तर

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाविन्दुको शल्यक्रिया भएको छ।

सापकोटाको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो। वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले आज बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो। केही समय यता सापकोटाको आँखामा समस्या देखिएको थियो। चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्य कोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयंले व्यहोरेका छन्। शल्यक्रिया पछि सभामुख सापकोटा अहिले आराम गरिरहेको न्यौपानेले जानकारी दिए।