देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खाना पकाउने क्रममा करेन्ट लागी एकको मृत्यु

देशान्तर

सप्तरी सप्तरीको कञ्चनरुप नगरपालिकामा खाना पकाउने क्रममा विद्युत् चुहावट हुँदा आज एक महिलाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–४ जगतपुर बस्ने २३ वर्षीया लिलम चौधरीको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घरमा खाना पकाउने क्रममा करेन्ट लागी घाइते चौधरीलाई उपचारको लागि राजविराजस्थित अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।