देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रातो मच्छिन्द्रनाथको रथारोहण अर्को साइतमा

देशान्तर

ललितपुर । रातो मच्छिन्द्रनाथको रथारोहण अर्को साइतमा हुने भएको छ । गुठी संस्थान कार्यालय ललितपुरले आज एक सूचना प्रकाशन गरी ‘वर्षा र सहकालका देवता’ बुङ्गद्योको रथारोहण अर्को साइतमा हुने जनाएको हो ।

संस्थान कार्यालय प्रमुख राजन भुजुद्वारा आज हस्ताक्षरित पत्रमा “गुठी संस्थान शाखा कार्यालय ललितपुरबाट मिति २०७७ ।३।२३ गते सरोकारवालालाई प्रेषित पत्रमा अन्यथा हुन गएकोमा सच्याइएको छ”, भनिएको छ । संस्थानले उक्त पत्रमा रातो मच्छिन्द्रनाथको रथारोहण अर्को साइतमा हुने व्यहोरा सरोकार पक्ष सबैमा जानकारीका लागि अनुरोध गरिएको भनी सूचना दिएको छ ।

यसअघि रथारोहण साइत आजका लागि तोकिएकामा देशको समय र परिस्थितिका कारण मङ्गलबार नै स्थगन भएको सूचना दिई कार्यक्रम रोकिएको थियो । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । मच्छिन्द्रनाथ रथयात्रा र भोटोजात्रा काठमाडौँ उपत्यकाकै लामो जात्राका रुपमा लिइन्छ ।