देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

चितवन । चितवनमा थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज गरिएको परीक्षणका क्रममा भरतपुरका ३ जना, कालिका नगरपालिकाका १ जना र गैंडाकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रमुख डा. नीतु अधिकारीले दिएको जानकारीअनुसार भरतपुर–१७ र १८ का ३०, ३२ र ५५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका छन् ।

जुटपानी अस्पतालमा स्वाब नमूना लिइएका ३८ वर्षीय पुरुषमा कोरोना देखिएको छ । त्यस्तै गैंडाकोटको क्वारेन्टिनमा रहेका ३१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । आज उक्त प्रयोगशालामा २५५ नमूना परीक्षण गरिएका थिए ।