देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कार्यकर्तालाई उद्धार र राहतमा जुट्न नेकपा अध्यक्ष प्रचण्डको निर्देशन

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्ता र सरोकारवाला सबैलाई उद्धारमा जुट्न अपिल गरेका छन् । सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले बिहीबार यस्तो आग्रह गरेका हुन् ।

अहिले पनि कतिपय व्यक्ति बेपत्ता भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्धार तथा राहतमा सक्रिय भएर जुट्न र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपिल गर्दछु’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् .

दीर्घकालिनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपिल गर्दछु ।