देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकी प्रदेशमा थप २० जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं , गण्डकी थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा २० जना संक्रमित थपिएका हुन्। तनहुँ १, म्याग्दी २, बाग्लुङ २, नवलपरासी पूर्व ४, लमजुङ ५, गोरखा २ र कास्कीका ४ जना रहेका छन्।

नवलपरासी ( बर्दघाट सुस्ता पूर्व) को सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा राखिसकिएको र अन्य जिल्लाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ। अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ। यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको छ।