काठमाडौ । आईसीयूमा उपचार गराइरहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपममा वीरगञ्जको बिर्तास्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ लिएको छ ।
वीरगञ्जकै १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हस्पिटलमा कार्यरत एहसान हुसैन, कृष्ण दास र सरफुदीन मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । स्वास्थ्यकर्मीले लुगा फेर्ने बहानामा आफूलाई दुर्व्यवहार गरेको युवतीले आरोप लगाएकी छन् । आईसीयूमै उपचारका क्रममा मंगलबार राति स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको उनको भनाइ छ ।
बुधबार बिहान भेट्न आएका आफन्तलाई युवतीले तुरुन्तै अस्पतालबाट घर लैजान अनुरोध गरेकी थिइन् ।
पछि आमा भेट्न जाँदा उनले घटनाबारे जानकारी गराएपछि बुधबार बिहानै आफन्तले दोषीलाई पक्राउ गरी कारबाहीको लागि प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
आईसीयूमा राख्ने भनेको अनकनसियस बिरामी हो । डीएसपी कुँवरले भने, होस नभएको अवस्थामा आरोप लगाउनुभएको हो वा वास्तवमै घटना भएको हो भन्नेबारे सत्य तथ्य बुझ्दैछौं । प्रारम्भिक अनुसन्धानपछि आएको निष्कर्षको आधारमा नै कारबाही प्रक्रिया अघि बढाइने डीएसपी कुँवरले बताए ।





प्रतिक्रिया