काठमाडौँ । आज देशभर सामान्यदेखि पूर्ण बदली भई सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र प्रदेश ५ र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले देशका पूर्व र मध्य स्थानका प्रदेशहरूमा भारी वर्षका कारण जमिन गलिसकेकाले नदीको बहाव बढ्न जाँदा पहिरो जान सक्ने बताए । लगातार वर्षा नभए पनि अर्को शनिवारसम्म वर्षको सम्भावना रहेकाले पहाडी भेगका बढी जोखिममा गरिने यात्रामा सुरक्षित रहन र पहिरोको जोखिम रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सबै प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।





प्रतिक्रिया