देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिन्धुपाल्चोक पहिरोका चार घाइतेलाई दुई हेलिकोप्टरमा काठमाडौँ ल्याइयो

देशान्तर

काठमाडौं । सिन्धुपाल्चोको बाह्रबिसे पहिरोमा घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

 

बिहीबार बिहान बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले बताए। कैलाश एयरको हेलिकोप्टरमा शुवेश तामाङ र सविता बस्नेत र माउन्टेन एयरको हेलिकोप्टरले फुर्वा तामाङ र १० दिनको बच्चालाई काठमाडौँ ल्याइएको उनले जानकारी दिए।

 

तीमध्ये उपचारका लागि दुई जनाको हेम्स र दुई जनाको कैलाश अस्पतालमा लगिएको छ। बाह्रबिसे र भोटेकोशीमा आएको पहिरोमा परेर दुई जनाको मृत्यु हुनुका साथै २१ जना बेपत्ता रहेको गाउँपालिकाले जनाएको छ।