देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नवनियुक्र आईजिपीलाई गृहमन्त्रीको बधाई, शान्ति सुरक्षा अनिवार्य शर्त

देशान्तर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । आज गृहमन्त्रालयमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

सङ्घीय संरचनाअनुसार प्रहरी समायोजन काम टुङ्गोमा छिटो पुग्नेगरी काम गर्नसमेत उनले निर्देशन दिए । “राज्यले विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो, विशेष ध्यान दिनुहोस्”, उनले भने ।

गृहसचिव महेश्वर न्यौपानेले पनि महानिरीक्षक क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टिम वर्कमा काम गर्न निर्देशन दिए । महानिरीक्षक क्षेत्रीले आफू गृह मन्त्रालयप्रति आभारी रहेको र आफ्नो कार्यकालमा इमान्दारीपूर्वक राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।