देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं। काठमाडौंमा आज थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा थप पाँच जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका २, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना र वीर अस्पतालमा १ गरी ५ जना संक्रमित भएका हुन् । आज देशभर कोरोना पुष्टि भएका थप १०८ जनामध्ये काठमाडौं उपत्यकाका पाँच जना हुन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी गराएका छन् ।