देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आधा यात्रु राखेर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय, भाडा ५० प्रतिशत बढ्ने

देशान्तर

काठमाडौं । सरकारले जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउने दिने निर्णय भएको हो ।

स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको अर्थ तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले बताए ।

सिट क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गरिएको छ । त्यस्तै ट्याक्सीमा दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ ।

क्षमता भन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेको भन्दा ५० प्रतिशतसम्म धेरै भाडा लिन पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको हो ।