काठमाडौं । नेपालमा भारतीय च्यानलको प्रशारणमा रोक लगाइएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले भारतीय समाचार च्यानलको प्रशारणमा रोक लगाएको बताएका छन् ।
भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय समाचार च्यानलमा रोक लगाइएको छ । नेपालको बारेमा गलत समाचार लगातार प्रशारण गरेपछि यस्तो निर्णय गरिएको जनाइएको छ । मेगा म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माले भारतीय टेलिभिजन च्यानलहरुले नेपालका बारेमा अनर्गल प्रचार गरेकाले नेपालमा रोक लगाउनुपरेको बताए ।
तर सरकारले भने कुनै निर्णय नगरेको सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम अधिकारीले जानकारी गराए । नेपालको अस्मितामाथि लगातार अफवाह फैलाएपछि हामीले स्वतःस्फूर्तरुपमा भारतीय टेलिभिजन च्यानल बन्द गराएको थापाले बताए । अहिलेसम्म २० वटा न्युज च्यानल बन्द गरिएको छ ।





प्रतिक्रिया