देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वाग्मती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

देशान्तर

काठमाडौँ । वाग्मती प्रदेशसभाको बैठक यही असार २९ गते बस्दैछ । प्रदेश सरकारले यही असार १९ गते आर्थिक वर्ष २०७७-७८ का लागि विनियोजित बजेट र आर्थिक विधेयक प्रस्तुत भई पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक यही असार २९ गते दिनको २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा विभिन्न चार वटा विधेयक पूर्ण छलफलका लागि प्रस्ताव टेबुल हुने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए।