देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डिएसपी भन्दै धम्काउने र चोरी गर्ने पक्राउ

देशान्तर

काठमाडौँ । नेपाल प्रहरीले आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्दै धम्काउने र चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रामेछाप उमाकुण्डका २६ वर्षीय राजकुमार सुनुवारलाई काठमाडौँ महानगरपालिका–२६ गोँगबु नयाँबसपार्कबाट बुधबार राति पक्राउ गरेको हो ।

डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रहेर फरार रहेको जनगुनासोका आधारमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुनुवारलाई प्रहरीले बा ९७ प १६८३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ सुनुवारसँग प्रहरीले ११ थान चोरीका मोबाइलसमेत बरामद गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।