देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

म्याग्दीमा पहिरोका कारण ३२ जना बेपत्ता,लगातारको वर्षाका कारण उद्दारमा समस्या

देशान्तर

काठमाडौं । म्याग्दीका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन्।

जिल्लाको धौलागिरि, मालिका र मंगला गाउँपालिका विभिन्‍न स्थानमा खसेको पहिरोमा ३२ जना बेपत्ता भएको र लगातारको वर्षा र पहिरोका कारण उनीहरुको खोजीमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। सबैभन्दा धेरै धौलागिरीको मराङमा २२ जना बेपत्ता भएका छन् ।

म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरका अनुसार धौलागिरिकै ताकममा २ जनाको ज्यान गएको खबर आएको छ। मालिकामा ८ जना, मंगला २ जना हराएको खबर आएको छ लगातार पानी परिरहेको छ। खोला नदी उर्लेको छ उद्धार गर्न पनि कठिनाइ भएको छ। उनका अनुसार दरबाङ र सिमचौर भन्ने ठाउँमा उद्धारका लागि गएको टोली नै रोकिएको छ।

बागलुङबाट बिपत् व्‍यवस्थापन टोली, सशस्‍त्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमा गइरहेको भए पनि लगातार पहिरो झरिरहकोले समस्या भएको कुँवरले जानकारी दिए।