काठमाडौ । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमित हुनेहरुमा गोरखाका १, नवलपारासी पूर्व सुस्ताका २, बागलुङका १, पर्वतका १ र तनहुँका ८ जना रहेका छन् ।
कोरोना देखिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आईसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए ।
यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १६२ पुगेको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ६३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ को मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बागलुङका १, गोरखाका १, स्याङ्जाको वालिङ नगरपालिकाका १ र आँधिखोला गाउँपालिकाका १ जना पुरुष रहेका छन्





प्रतिक्रिया