देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज पनि मध्यमदेखि भारी वर्षा हुने, यी क्षेत्रमा छ बाढी र पहिरोको जोखिम

देशान्तर

काठमाडौं। आज पनि देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने भएको छ। जल तथा मौमस विज्ञान विभागका अनुसार अहिले पनि सिन्धुलीको हरिहरपुरगढी र आसपास भारी वर्षा भइरहेको छ। सिस्नेरी, कोखाजोरखोला, मरिनखोला, बकैया लगायतमा बहाव बढ्ने र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएकाले सचेत रहन विभागले अनुरोध गरेको छ।

यस्तै, अहिले सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का तराईका जिल्लामा केही क्षेत्र र प्रदेश १ तथा २ को तराईका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ। मकवानपुर, सिन्धुली, उदयपुर लगायत प्रदेश २ र १ को तराई र चुरे भई बहने स–साना नदीमा बहाव दिउँसोसम्म सतर्कता आसपास रहने र केहीमा खतरासम्म पुग्न सक्ने पुर्वानुमान गरिएको छ। केही दिनयता देशका धेरै भूभागमा वर्षा र बाढीले ठूलो क्षति गरेको छ।