काठमाडौँ । गण्डकी प्रदेशका थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमित हुनेमा तनहुँका ४, स्याङ्जा, बागलुङका ३ र ३, कास्की र म्याग्दीका २ र २ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
कोरोना देखिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोनो संक्रमणबाट मुक्त हुनेको संख्या ६ सय ३३ पुगेको छ ।
अहिलेसम्म कोरोना संक्रमणबाट गण्डकीमा मात्रै ४ को मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङका १, गोरखाका १, स्याङ्जाको वालिङका १ र आँधीखोला गाउँपालिकाको पञ्चमुलका ५५ वर्षीय १ पुरुष रहेका छन् ।





प्रतिक्रिया