काठमाडौ । बिहीबार रातिको पहिरोमा परी म्याग्दीमा बेपत्ता भएकामध्ये २० जना मृत अवस्थामा फेला परेका छन्।
नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार बिहानबाट उद्धार कार्य सुरु गरेपछि १७ जनाको शव भेटिएको हो भने शुक्रबार साँझसम्म ३ जनाको शव भेटिएको थियो ।
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले अहिलेसम्म २० जनाको शव फेला परेको र १३ जना अझै पनि बेपत्ता रहेको बताए । शनिबार मौसममा सुधार आएकाले २ वटै हेलिकोप्टर सहजै घटनास्थलमा जान सक्दा उद्धार कार्य तीव्र रूपमा भइरहेको त
र मृतकहरू कुन–कुन स्थानीय तहका हुन भनेर यकिन भने गरी नसकिएको उनको भनाई छ ।
अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको धौलागिरी गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका ७ बिमका ३३ जनालाई बेपत्ता बनाएको थियो। बिहीबार रातीको पहिरोले ठाउँ ठाउँका सडक भत्किएका कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पहिरो स्थलमा जान नसक्दा उद्धार कार्य नै प्रभावित भएको थियो।
स्थल मार्गबाट उद्धार असम्भव भएपछि नेपाली सेना र सडक पहिरोले अवरुद्ध, खराब मौसमका कारण घाइतेको शुक्रवार उद्धार हुन सकेको थिएन।





प्रतिक्रिया