देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमणबाट काठमाडौंमा अर्का एकजना युवाको मृत्यु

देशान्तर

काठमाडौ । कोरोना संक्रमणबाट काठमाडौँका एक युवकको मृत्यु भएको छ।

शुक्रबार काठमाडौँको शंखमुल निवासी ३० वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि ती युवा असार २३ गतेदेखि पाटन अस्पतालको आइसोलेसना उपचाररत थिए।

उनको उपचारकै क्रममा शुक्रबार दिउँसो साढे ४ बजे मृत्यु भएको नेपाली सेनाको राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाले बताए। ती युवाको शुक्रबार बेलुका ८ बजे पशुपति आर्यघाटको विद्युतीय शव गृहमा जलाइएको सापकोटाले बताए। शवको व्यवस्थापनमा सेनाकै टिम परिचालन गरिएको थियो।

बिहीबार पनि कोरोना संक्रमित भएर मृत्यु भएका सिन्धुपाल्लोकका ३५ वर्षीय युवाको पनि हिजै विद्युतीय शव गृहमा जलाइएको सापकोटाले बताए।