देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकी प्रदेशमा १५जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौ ।। गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस कोभिड (१९०को संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार गण्डकीका ७ जिल्लामा नयाँ कोरोना संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा तनहुँका ६ जना छन् ।

त्यस्तै, पर्वतका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा फलेबास र महाशिला गाउँपालिकाका २८ र ३४ वर्षीय २ जना पुरुष छन् । साथै, बागलुङको जैमिनी र ढोरपाटन नगरपालिकाका ३४ र २४ वर्षीय २ जना पुरुषमा कारोना पुष्टि भएको छ ।

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा नवलपुर बर्दघाट सुस्तापूर्वका २२ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार स्याङजा भिरकोट नगरपालिकाका ५६ वर्षीय एकजना पुरुष र गोरखाको सिचारनचोक गाउँपालिकाका २३ वर्षीय एकजना पुरु षमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, लमजुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा मध्यनेपाल नगरपालिकाका २३ वर्षीय एकजना पुरुष र बेंशीसहर नगरपालिकाका ३० वर्षीय पुरुष छन् ।

संक्रमित सबै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।