देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मलेसियामा अलपत्र परेकामध्ये ३३ सय २२ नेपाली घर फर्किए

देशान्तर

काठमाडौं । कोभिड  १९ का कारण अलपत्र परेकामध्ये ३३ सय २२ जना नागरिक मलेसियाबाट फर्किएका छन्।

नेपालबाट सञ्चालित पहिलो चरणका उडानहरूबाट १८ जुनदेखि हालसम्म क्वालालम्पुरबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्दो एयर फिलिपिन्सबाट समेत २१ वटा उडानमार्फत ३३ सय २२ जना नागरिक नेपाल फर्किएका हुन्।

यो अवधिमा यी उडानहरुमार्फत मलेसिया बाहेक इन्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापुर, ताइवान र स्पेनका नेपालीसमेत नेपाल फर्केका हुन्।

फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली नागरिकसहित हिमालय एयरलाइन्सको जहाज १२ जुलाई २०२० मा नेपाल फर्किएको थियो। क्वालालम्पुरबाट भएका उडानबाट मलेसियाका विभिन्‍न जेल र हिरासत केन्द्रमा रहेका ६९ जना नेपाली नागरिक घर फर्किएका त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। यसैगरी यी उडानहरूबाट ३९ वटा शवसमेत नेपाल लगिएको छ।